झापा, मंसिर २२ । झापाको मेचीनगर नगरपालिका ६ मेचीपुल स्थितबाट ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यान जिल्लाको वनगाँउ नगरपालिका १ का ३० बर्षीय रमेश डि.सि. रहेका छन् ।
मङ्गलबार बिहान ११ बजे भारतबाट नेपाल आउदै गरेका डि.सि.लाई चेकजाँच गर्दा ब्राउनसुगार २३ ग्राम सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका डि.सि. लाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।





