बिर्तामोड एजुकेशन फाउण्डेसनद्वारा क्यानडा र अष्ट्रेलियाको तयारीमा रहेका विद्यार्थी लक्षित सेमिनार आयोजना


२२ मंसिर २०७८, बुधबार १६:०३ मा प्रकाशित

बिर्तामोड, मंसिर २२ । उच्च शिक्षा अध्ययन गर्न क्यानडा र अष्ट्रेलिया जाने तयारी गरिरहेका विद्यार्थीहरुलाई मध्यनजर गर्दै बिर्तामोड एजुकेशन फाउण्डेसनले दुई दिने निःशुल्क शैक्षिक परामर्श सेमिनार गर्ने भएको छ ।

कोरोना कहरपछि विस्तारै शैक्षिक क्षेत्रहरु खुल्ला हुने क्रममा रहेसँगै पछिल्लो समय क्यानडा नेपाली विद्यार्थीको आकर्षणको केन्द्र रहेको बेला बिर्तामोडमा क्यानडाको शैक्षिक अवस्थाका विषयमा सेमिनारको आयोजना गरिएको फाउडेसनकका सीईओ राज कार्र्कीले जानकारी दिनु भयो । क्यानडाको शैक्षिक अवस्था, त्यहाँ जाँदा गर्नुपर्ने कानुनी प्रक्रिया लगायत शैक्षिक तयारीका साथै शैक्षिक संस्थाको छनोटको विषयमा (डिसेम्बर ९) बिहीबार फाउण्डेसनको आफ्नै अफिसमा बिहान १० बजेबाट निःशुल्क शैक्षिक परामर्श राखेको फाउण्डेसनले जनाएको छ । साथै सो मौकाको फाइदा उठाउन विद्यार्थीलाई आह्वानसमेत गरेको छ ।

क्यानडाबाट युनिर्भसिटी वेष्ट क्यानडाका विजनेश डेब्लापमेन्ट म्यानेजर नेत्र कोइरालाले विद्यार्थीलाई त्यहाँको शैक्षिक, भौगोलिक तथा कानुनी प्रक्रियाका विषयमा प्रशिक्षण दिने बताइएको छ । त्यस्तै डिसेम्बर १० तारिख शुक्रबार बिहान ९ बजेबाट साउथअन अष्ट्रेलियाका रिजनल डाइरेक्टर सुरज रायमाझीले अष्ट्रेलियमा अध्ययनको प्रक्रिया पछिल्लो अवस्था तथा शैक्षिक गतिविधिका विषयमा जानकारी दिने जनाइएको छ ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चहाने विद्यार्थीले त्यहाँका विश्वविद्यालयको विषयमा नेपालमै राम्रोसंग बुझेर तथा शैक्षिक परामर्श लिइर गएमा कुनै समस्या नहुने भएकाले सकेसम्म विद्यार्थीलाई धेरै जानकारी गराउने उद्धेश्यले शैक्षिक परामर्श तथा सेमिनारको आयोजना गरेर जानकारी दिने लक्ष्य राखेको फाउण्डेसनका सीईओ कार्कीले बताउनु भयो । उहाँले शैक्षिक परामर्शको क्षेत्रमा विर्तामोड एजुकेशन फाउण्डेसनले छुट्टै पहिचना बनाएको र धेरैभन्दा धेरै विद्यार्थीलाई शैक्षिक पररामर्श दिएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here