जनकपुरमा विवाह पञ्चमी उत्सव, तीन दिन सम्म सबै विद्यालय बन्द


२१ मंसिर २०७८, मंगलवार १२:१३ मा प्रकाशित

जनकपुर, मंसिर २१ । राम सीता विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधामका सबै विद्यालय बन्द भएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमीको अवसरमा मेलामा हुने भीडभाडलाई मध्यनजर गर्दै आज, भोलि र पर्सि तीन दिन सबै विद्यालयले बन्द गर्ने निर्णय गरे छ । सोही अनुसार शैक्षिक संस्थाहरु बन्द भएका हुन् । विवाह पञ्चमी अन्तर्गत आज मटकोर हुँदैछ ।

भोलि त्रेतायुगमा जस्तै सीता–रामको साङ्केतिक विवाह हुनेछ । विवाह पञ्चमीमा नेपाल र भारतका सयौँ भक्तजन सहभागी हुने गर्छन् । यस्तै, विवाह पञ्चमीको दिन भोलि प्रदेश–२ सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here