सावरी दुर्घटनामा परेर झापामा १ जनाको मृत्यु


२१ मंसिर २०७८, मंगलवार १२:०७ मा प्रकाशित

झापा, मंसिर २१। सावरी दुर्घटनामा परेर झापामा १ जनाको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका १२ स्थित राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बुद्धशान्ति गाँउपालिका २ का ३५ बर्षिय भिमप्रसाद पौडेल रहेका छन् । सोमबार राती पौने ९ बजे ट्याक्टर बिग्रेर बाटो छेउमा रोकी राखेको को १ त ४०१६ नम्बरको ट्याक्टरमा पछाडिबाट मे ९ प ६००३ नम्बरको मोटरसाईकल ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालक पौडेललाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो । उनको उपचारको क्रममा राती ११ बजे मृत्यु भएको हो ।

घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here