लागुऔषध अफिमसहित २ जना पक्राउ


२१ मंसिर २०७८, मंगलवार १२:०२ मा प्रकाशित

झापा, मंसिर २१ गते । झापाको मेचीनगरबाट लागुऔषध अफिमसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलमा लागुऔषध अफिमसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत फ्रोजपुर का २५ बर्षिय केयर सिंह र भारत मौगा का २५ बर्षिय सुखजित सिंह रहेका छन् । सोमबार बेलुका ४ बजे भारतबाट नेपाल आउदै गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ११ ग्राम अफिमसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here