मोटरसाइकल चोरीमा संलग्न ३ जना झापाबाट पक्राउ


२१ मंसिर २०७८, मंगलवार ११:५६ मा प्रकाशित

झापा, मंसिर २१ । झापामा मोटरसाइकल चोरीमा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका–१ का २१ बर्षिय आशिष सुब्बा, सुर्योदय–८ का २१ बर्षिय विवेक घिमिरे र झापास्थित बिर्तामोड नगरपालिका–३ बिर्ताबजार का २६ बर्षिय रंजित राजवंशी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा उनीहरुको साथमा मोटरसाइकल भेटेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट चोरी भएको मे ६ प २५०५ नम्बरको १५० सिसिको पल्सर मोटरसाईकल र मे ११ प ९७३५ नम्बरको १५० सिसिको एफजेट मोटरसाईकल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here