खोलामा डुबेर एक जनाको मृत्यु


२० मंसिर २०७८, सोमबार १४:३० मा प्रकाशित

झापा, मंसिर २० । माछा मार्न गएका १ जना पुरुषको खोलामा डुबेर मृत्यु भएको छ । झापाको गौरीगंज गाउँपालिका–२ पिण्डानघुटु खोलामा माछा मार्न गएका १ जना पुरुषको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका १ का ३८ बर्षिय भिम सोरेन रहेका छन् ।

शनिबार बेलुका माछा मार्न गएको तर बिहानसम्म घर नगए पछि सोरेनका परिवारले प्रहरीलाई खबर गरेको थियो । तत्काल प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आइतबार साढे २ बजे मृत अवस्थामा फेला पारेको जनाएको छ।

घटना सबन्धमा ईलाका प्रहरी कार्यालय गौरीगंजबाट थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here