झापा, मंसिर १९। झापामा श्रीमानको कुटपिटबाट श्रीमतिको मृत्यु भएको छ । झापाको दमक नगरपालिका १० की ४९ बर्षीया घनादेबी आचार्यलाई आफ्नै श्रीमान ४५ बर्षिय राम कुमार लिम्बुको कुटपिटबाट मृत्यु भएको हो ।
गत मंसिर १६ गते घनादेबी उहाँको श्रीमानको कुटपिटबाट घाइते भएपछि उहाँँलाई उपचारको लागि विराटनगरको नोबेल अस्पतामा पुर्याएकोमा केही समयको उपचार पछि डाक्टरको सल्लाह अनुसार उपचार हुन नसके पछि घर फर्किने क्रममा शुक्रबार राति ७ बजे मृत्यु भएको थियो ।
कुटपिटमा संलग्न लिम्बुलाई ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





