भिजिबिलटी कम भएपछि अन्तर्राष्ट्रिय विमानस्थलमा उडान /अवतरण प्रभावित


१८ मंसिर २०७८, शनिबार १२:३१ मा प्रकाशित

काठमाडौं, मंसिर १८ । भिजिबिलटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण प्रभावित भएको छ । भिजिबिलटीका कारण उडान / अवतरण प्रभावित भएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

विमानस्थलमा ल्याण्ड हुनुपर्ने फ्लाई दुबईलाई भारतको लखनउ विमानस्थलमा डाइभर्ट गरिएको छ । नेपाल एयरलायन्स ९ बजेर ३० मिनेटमा दिल्लीका लागी उडेको छ । लामो समय आकाशमा होल्ड भएपछि अलजजिराको विमान ल्याण्ड गराएको छ ।

अहिले ११ सय भन्दा माथि भिजिबिलीटी देखिएको छ तर, अवतरणमा समस्या कायमै छ । आन्तरिकतर्फ कुनै पनि विमान उडेका छैनन् । विमानस्थलमा यात्रुको चाप बढी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here