राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित


१९ मंसिर २०७८, आईतवार ११:२१ मा प्रकाशित

झापा, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित हुनु भएको छ ।

आइतबार बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित हुनु भएको हो।

लिङ्देनले एक हजार आठ सय ४४ मत पाप्त गर्नु भएको छ ।उहाँले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई २२७ मतान्तरले पराजित हुनु भएको छ । थापाले जम्मा एक हजार छ सय १७ मत ल्याउनु भएको थियो भने चार सय १३ मत बदर भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here