जङ्गली हात्तीको आक्रमणमा परेर एक जनाको मृत्यु


१० मंसिर २०७८, शुक्रबार ११:३२ मा प्रकाशित

झापा, मंसिर १० । झापामा जङ्गली हात्तीको आक्रमणमा परेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका‍ ९ का ६० वर्षीय राकबहादुर बुर्जा मगर रहेका छन्।

शुक्रबार बिहान मेची नगरपालिका १४ शनिबारेका टङ्क पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here