काठमार्डौ मंसिर १० । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत ३० भन्दा बढी जिल्लाको अधिवेशन आजदेखि शुरु भएको छ ।
दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा आजदेखि निर्वाचन प्रक्रिया अगाडि बढेको कांग्रेस निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
रसुवाबाहेक हिमाल र पहाडका एक निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन यसअघि सम्पन्न भइसकेको छ । दुई निर्वाचन क्षेत्र भएको गोरखामा पनि जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ ।
हालसम्म ३० भन्दा बढी जिल्लामा अधिवेशन सम्पन्न भइसकेको निर्वाचन समितिका सदस्य घिमिरेले बताउनुभयो ।





