सोलुखुम्बुको सल्लेरीमा बुबाले छ्यापेको एसिड लागेर छोराछोरी घाइते


७ मंसिर २०७८, मंगलवार ११:५७ मा प्रकाशित

सोलुखुम्बु, मंसिर ७ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बुबाले छ्यापेको एसिड लागेर छोराछोरी घाइते भएका छन् । सोलु दूधकुण्ड नगरपालिका–५ वसन्त बजारका अन्दाजी ५५ वर्षका मोहन बराइलीले गएराति ८ बजे छोराछोरी माथि एसिड प्रहार गरेका हुन् ।

एसिड लागेर २५ वर्षका छोरा र १६ वर्षकी छोरी घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये छोराको अवस्था गम्भीर छ ।

एसिड प्रहार गर्ने बराइलीलाई प्रहरीले पक्राउ गरेको छ । उनले जाँड रक्सी खाएर एसिड प्रहार गरेका खुल्न आएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here