बुल्गेरियामा बसमा आगलागी, ४६ जनाको मृत्यु


७ मंसिर २०७८, मंगलवार ११:५३ मा प्रकाशित

एजेन्सी । बुल्गेरियामा एक बसमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको छ ।

बुल्गेरियाको पश्चिमी क्षेत्रको राजमार्गमा बसमा आगलागी भएको त्यहाँको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

आगलागीमा बालबालिका पनि परेका छन् । टर्कीबाट उत्तरी मेसेडोनियाका लागि छुटेको बसमा आगलागी भएको खबरमा उल्लेख छ ।

बसमा कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ । स्थानीय प्रहरीकाअनुसार घटनास्थललाई सिल गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here