धरानमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु


२३ कार्तिक २०७८, मंगलवार ११:२६ मा प्रकाशित

सुनसरी, कार्तिक २३ । सुनसरीको धरानमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ बस्ने ३४ बर्षीया छुङकु मगर (राई) को श्रीमानकमो कुटाईबाट मृत्यु भएको छ ।

गत कार्तिक १८ गते बेलुका ६ बजे छुङकुका ४१ बर्षीय श्रीमान महेन्द्र राईले कुटपिट गर्दा उनी घाइते भएकी थिईन । घाइते छुङकुलाई केही दिन घरमै सामान्य उपचार गरी २२ गते थप उपचारको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घटानाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको छ । हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here