भारतको बाल अस्पतालमा आगलागी हुँदा चार जना बालबालिकाको मृत्यु


२३ कार्तिक २०७८, मंगलवार ११:३७ मा प्रकाशित

काठमाण्डौ, कार्तिक २३ । भारतको एक बाल अस्पतालमा आगलागी हुँदा चार जना बालबालिकाको मृत्यु भएको छ । मध्य प्रदेशको राजधानी भुपालमा रहेको एक बाल अस्पतालमा आगलागी भएको हो ।

अस्पतालमा ४० जना बालबालिका रहेका र त्यसमध्ये ३६ जना सुरक्षित रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँको सरकारले ज्यान गुमाएकाका परिवारलाई चार/चार लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

घटनाको अनुसन्धान गर्न निर्देशन पनि दिइएको खबरमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here