रुखबाट लडेर एक जनाको मृत्यु


२२ कार्तिक २०७८, सोमबार १२:४० मा प्रकाशित

ओखलढुङ्गा, कार्तिक २२ । ओखलढुङगा मोलुङ गाउँपालिका ७ पात्ले खानिचौर २२ बर्षीय निमा शेर्पाको रुखबाट लडेर मृत्यु भएको छ । आईतबार दिउसो ११ बजे घरबाट अन्दाजी ५०० मिटर पश्चिममा रहेको खस्रु जातको रुखमा घास काट्ने क्रममा उक्त रुखबाट लडेर मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी चौकी श्रीचौर र ईलाका प्रहरी कार्यालय बरुणेश्वरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here