लागूऔषधसहित एक जना पक्राउ


११ कार्तिक २०७८, बिहीबार ११:४९ मा प्रकाशित

मोरङ, कार्तिक ११ । मोरङ बिराटनगर महानगरपालिका १४ जतुवा चोकस्थित लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ पथरी नगरपालिका ९ का १९ बर्षीय आशिष महतो रहेका छन् ।

बुधबार दिउँसो २ः३० बजे पोष्ट CRV जतुवाबाट खटिएको प्रहरी टोलीले उनलाई लुपिजेसिक १७ एम्पुल, फेनारगन १७ एम्पुल, डाईजाल्याब १७ एम्पुलसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here