लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ


११ कार्तिक २०७८, बिहीबार ११:४८ मा प्रकाशित

झापा,कार्तिक ११ । झापाको बुद्धशान्ती गाउँपालिका ३ स्थित बुधबारे चौकबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिका २ का २३ बर्षीय युरास ईवा लिम्बु, पाँचथर याङवरक गाउँपालिका २ बेतेनी घर भई हाल झापा अर्जुनधारा नगरपालिका ११ बस्ने २५ बर्षीय उमेश बि.क र ईलाम कोल्बुङ गाउँपालिका २ कुटिडाँडा का २३ बर्षीय सुलभ गुरुङ रहेका छन् ।

बुभबार बेलुका साढे ७ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई १० ग्राम २० मिलि ग्राम ब्राउन सुगर र ११ ग्राम ५० मिलि ग्राम गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ परेका तिनै जना माथि ईलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here