मोरङ, कार्तिक १० । मोरङमा ९४ तोला चाँदी सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका ३ छालगाछीका ३० बर्षीय धर्बेन्द्र शर्मा रहेका छन् ।

मङ्गलबार बेलुका ७ः३० बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले उनलाई बिल नभएको तार बनाई ल्याएको ९४ तोला चाँदी सहित पक्राउ गरेको हो । शर्मालाई चाँदी सहित आवश्यक कारबाहीको लागी मुल भन्सार कार्यालय रानी विराटनगर पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।





