इलाम, कार्तिक ९ । इलाम देउमाई नगरपालिका ५ बारुङका ३३ बर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । मङ्गलबार बिहान ६ बजे उनले आफ्नै घर भित्र घर परिवारका सदस्य राखी धामी बसेर बिरामी रहेका श्रीमती ३४ बर्षीया सिता तामाङ र छोरी १६ बर्षीया शिक्षा तामाङको झारफुक गर्ने क्रममा घाटी तथा शरिरको बिभिन्न भागमा टोक्दा उनीहरुको मृत्यु भएको हो ।
उनका श्रीमती र छोरी बिगत देखी बेलाबखत बेहोस भईरहने बिरामी थिए । कमल तामाङलाई अस्थाई प्रहरी चौकी गजुरमुखीधामले नियन्त्रणमा लिएको छ । घटनाबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





