न्यायाधीशको बहिष्कारका बाबजुद तोकियो संवैधानिक इजलास


१० कार्तिक २०७८, बुधबार ११:४२ मा प्रकाशित

काठमाडौं, कार्तिक १० । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो एकल इजलाससहित संवैधानिक इजलास तोकेका छन् । न्यायाधीशहरुले दुई दिनदेखि इजलास बहिष्कार गरिरहेका बाबजुद प्रधानन्यायाधीश जबराले आज पनि इजलास तोकेका हुन् ।

राजनीतिक भागबण्डामा प्रधानन्यायाधीशले भाग खोजेको, न्यायालयको सुधारमा प्रधानन्यायाधीश उदासिन देखिएको, लगायतका माग राखेर १५ न्यायाधीशहरुले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् ।

लगातार छलफलमा रहेका १५ न्यायाधीशहरु इजलासमा उपस्थित नहुदा न्यायको पर्खाइमा रहेका कयौं नागरिकले न्याय पाउन सकेका छैनन् । बुधबार प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा पाँचवटा मुद्दा राखेका छन् । यस्तै संवैधानिक इजलासमा एउटा मात्रै मुद्दाको सुनुवाइ राखिएको छ । यस्तै यी दुई बाहेक अन्य ९ वटा बेञ्च तोकेका छन् ।
नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here