तेह्रथुम, कार्तिक ९ । तेह्रथुमस्थित अरिङाल झार्ने क्रममा रुखबाट लडेर एकजना व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम म्यान्छयायेम गाँउपालिका २ पौठाकका ३० बर्षीय नेत्र बहादुर लिम्बु रहेका छन् ।
मङ्गलबार बिहान २ ः४५ बजे उनको घर देखि १ किलोमिटर पुर्वमा रहेको उतिसको रुखमा अरिङाल झार्ने क्रममा रुखबाट लडेर घटनास्थलमा नै मृत्यु भएको हो । घटनाका बारेमा प्रहरी चौकी मोराहाङ र जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट प्रहरी टोली खटाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





