सुनसरी, कार्तिक ९ । सुनसरी धरान उपमहानगरपालिका १३ सूर्यमार्गमा गाँजा सहित एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा साँघुरीगढी गाँउपालिका घर भई हाल सोही स्थानमा कोठा भाडामा बस्ने २७ बर्षीय हेमन्त राई रहेका छन् ।
सोमबार राती ९ः३० बजे अस्थाई प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट २५० ग्राम गाँजा बरामद गरेको हो । उनीमाथि ईलाका प्रहरी कार्यालय धरानद्वारा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





