खोटाङ, कार्तिक ९ ।खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ हस्पिटल चौकस्थित हरी जोशीको घरबाट तास र नगद सहित पाँच जना जुवाडे पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा खोटाङ साकेला गाँउपालिका ५ का २७ बर्षीय हिराधन राई, साकेला गाँउपालिका २ का २२ बर्षीय सौरब गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ का ३३ बर्षीय बसन्त राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७ का ३८ बर्षीय टिकाराम राई र उदयपुर कटारी नगरपालिका ११ का २४ बर्षीय खोमबहादुर मगर रहेका छन् ।
मङ्गलबार राती १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई तास खेलिरहेको अबस्थामा १ बुङ तास र नगद रु.७१ हजार २० रुपैया सहित पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनालाई कानुन बमोजिम कारबाही तथा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।





