ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु


९ कार्तिक २०७८, मंगलवार ११:१९ मा प्रकाशित

सुनसरी, कार्तिक ९ । सुनसरी रामधुनी नगरपालिका ६ बकलौरी भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७० बर्षीया नेहरी सदा रहेकी छन् ।

सोमबार दिउँसो २ बजे प्रदेश नं १–०२–००३ त ०६३० नम्बरको ट्याकटरले सामान अनलोड गरी ब्याक गर्ने क्रममा पछाडीको डालाले लागी गम्भिर घाईते भएकी सदाको ईटहरी एपेक्स अस्पतालमा उपचार गराई थप उपचारको लागी धरान घोपा पुर्याउन साथ बेलुका ७ः३० बजे मृत्यु भएको हो ।

ट्याक्टर र चालक सोही स्थानका ३२ बर्षीय आशिष बि.क.लाई ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here