उदयपुर, कार्तिक ८। उदयपुरबाट ५३ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरको कटारी नगरपालिका ६ स्थित भोर्ले जंगलबाट ५३ किलो गाँजा सहित एक जना पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कटारी नगरपालिका ९ सोरुमछबिसेका २० बर्षीय प्रेम परियार रहेका छन् । आज बिहान साढे ३ बजे ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई जंगलमा बोरामा गाँजा बोकी हिडिरहेको अबस्थामा प्रहरीले फेला परेको थियो ।
पक्राउ परेका उनलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





