धनकुटा, कार्तिक ७ । धनकुटा चौबिसे गाँउपालिका ५ बज्रमाईका ७१ बर्षीय भुवन सिंह खड्का खोलाले बगाएर बेपत्ता भएका छन् । आइतबार बिहान ९ बजे सोही स्थानमा रहेको छरुवा खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको हो ।
स्थानियबासीहरुको सहयोगमा अस्थाई प्रहरी बिट मौनबुधुक र प्रहरी चौकी मुलघाटबाट प्रहरी टोली खटाई सो स्थानमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





