हात्ती धपाउन राखेको तारबाट करेन्ट लागेर झापामा एक जनाको मृत्यु


१ कार्तिक २०७८, सोमबार ११:५७ मा प्रकाशित

झापा, कार्तिक १। झापामा हात्ती धपाउन राखेको तारबाट करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ ।

सोमबार विहान ८ बजे हात्ती धपाउन राखिएको तारमा अचानक छुदाँ करेन्ट लागेर भद्रपुर १० केन्द्रमोड बस्ने शिव पौरियाकी ५४ वर्षिया श्रीमती कल्पना राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आफ्नै घरबाहिर हात्ती धपाउन राखेको तारमा अचानक छुन गई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here