श्रीमान् श्रीमतीबीच झगडा हुँदा एकजनाको मृत्यु, एक घाईते


१ कार्तिक २०७८, सोमबार ११:५० मा प्रकाशित

तेह्रथुम, कार्तिक १ । तेह्रथुममा श्रीमान् श्रीमतीबीच झगडा हुँदा एकजनाको मृत्यु र एक घाईते भएका छन् । तेह्रथुम छथर गाउँपालिका ३ ज्यामिरे का ५४ बर्षीय गोबिन्द बहादुर लिम्बु र उनकी श्रीमती ५२ बर्षीया भक्त कुमारी लिम्बुबीच मादक पदार्थ सेवन गरी झगडा हुँदा श्रीमान् गोबिन्द बहादुरको ज्यान गएको छ भने श्रीमती भक्त कुमारी गम्भिर घाईते भएकी हुन् ।

आइतबार बेलुका ९ बजे आफ्नै घरमा मादक पदार्थ सेवन गरी झैझगडा तथा कुटाकुट हुँदा दुवै जनाको टाउकोमा चोट लागी गम्भिर घाईते भएका थिए । घाईते दुवैलाई उपचारको लागी छथर अस्पताल पठाईएकोमा राती पौने १ बजे गोबिन्दको उपचारको क्रममा मृत्यु भएको हो भने भक्त कुमारीलाई थप उपचारको लागी धरान घोपा पठाईएको छ ।

घटनाको बारेमा ईलाका प्रहरी कार्यालय बसन्तपुरद्धारा थप अनुसन्धान भईरहेको प्रहरीले जनाइको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here