ब्राउन सुगरसहित झापाबाट एक जना पक्राउ


२ कार्तिक २०७८, मंगलवार ११:४७ मा प्रकाशित

झापा, कार्तिक २ । झापाबाट ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापाको बिर्तामोड नगरपालिका ९ स्थित रिद्धीसिद्धी प्लाई फ्याक्ट्री छेउबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ९का ३४ वर्षीय जगदिश ओली रहेका छन् । सोमबार बेलुका ७ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उनलाई डिजिटल तराजु र ९ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका ओलीलाई ईलाका प्रहरी कार्यालय अनामनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here