माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


१ कार्तिक २०७८, सोमबार ११:४५ मा प्रकाशित

काठमाडौं , कार्तिक १ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार विहान ८ बजेबाट बैठक जारी रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिनुभयो।

उहाँका अनुसार पार्टीको सांगठनिक विषयमा छलफल भइरहेको छ । कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ । यस्तै माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here