संखुवासभा, कार्तिक १ । संखुवासभा चिचिला गाँउपालिका ३ केराबारी स्थित अरुण तेस्रो जलबिद्धुत आयोजनाको एडिट फोरको सरसापटमा पटेल कम्पनीका WB 11TC 0296 नम्बरको मिल्लर गाडी पल्टिदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक भारत बिहार का ३५ बर्षीय श्याम झा र सोही गाडीमा सवार भारत युपी का ४० बर्षीय श्रीनिवास सिंह रहेका छन् ।
आइतबार बेलुका ८ बजे गिटी सिमेन्ट घोली पुर्याई फर्कने क्रममा आफै अनियन्त्रित भई अन्दाजी १५० मिटर तल खस्दा दुर्घटना भएको थियो । दुर्घटनाबाट गम्भिर घाईते भएका दुवै जनाको जिल्ला अस्पताल खादबारीमा उपचारको क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको हो ।
घटनाको सम्बन्धमा अस्थाई प्रहरी बेस पुखुवाबाट टोली खटाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





