संखुवासभा, कार्तिक १ । संखुवासभा मादी नगरपालिका १ तिनजुरेमा भित्री कच्चि सडक खण्डमा ट्यक्टर भिरबाट खसेर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम लालिगुरास नगरपालिका १ घुर्मुसे का ३७ बर्षीय रमेश दाहाल रहेका छन् ।
आइतबार राती १ बजे टुटेबाट गुफा तर्फ जादै गरेको ON TEST ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट बाँयातर्फ अन्दाजी ३०० मिटर तल भिरमा खस्दा चालक दाहालको घटनास्थलमा नै मृत्यु भएको छ ।
घटनास्थलमा प्रहरी चौकी मादीमुलखर्क, टुटेदेउराली र ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





