ब्राउन सुगरसहित एकजना पक्राउ


२४ आश्विन २०७८, आईतवार ११:२५ मा प्रकाशित

मोरङ, असोज २४ । मोरङ केराबारी गाउँपालिका ७ डागीमा लागूऔषध ब्राउन सुगर सहित एकजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३० बर्षीय बिशाल लिम्बु रहेका छन् ।

शनिबार बिहान ८ बजे ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १ ग्राम ९०० मिलिग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here