लागूऔषध सहित होटल संचालक पक्राउ


२४ आश्विन २०७८, आईतवार ११:४३ मा प्रकाशित

मोरङ, असोज २४ । मोरङको बिराटनगर महानगरपालिका १५ मा लागूऔषध सहित होटल संचालक पक्राउ परेका छन् । जहदा गाउँपालिका ७ घर भएका २८ बर्षीय रमेश शाह लागूऔषध कारोबारको अभियोगमा पक्राउ परेका हुन् ।

शनिबार दिउसो ११ बजे सो होटलमा लागूऔषध कारोबार भईरहेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि चेकजाँच गर्ने क्रममा होटलबाट लागूऔषध DIALEX-DC १५ बोतल, नाईट्राभेट ४२ चक्की, SPASMO-PROXYVON २४ चक्की, SPAS-TRANCON PLUS चक्की र गाँजा २४० ग्राम बरामद गरिएको हो ।

शाहलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here