सुनसरी, असोज २२ । सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सुनसरी दुहबी नगरपालिका ३ पेट्रोल पम्प आगाडि कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको हो ।
मोरङस्थित सुन्दरहरैचा नगरपालिका ८ का ४५ वर्षीय लक्ष्मीप्रसाद लुइटेलको मृत्य भएको जनाइएको छ । बिहिबार बेलुका ४ बजे बिराटनरबाट ईटहरीतर्फ जाँदै गरेको भारतिय नम्बर प्लेटको एनएल ०२ क्यु ०१३४ नम्बरको एलपी ग्यास बोक्ने ट्रकले सोही दिशा जादै गरेको को १० प २६८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ लुइटेलको मृत्यु भएको हो । ट्रक चालक भारत बिहार बेबसराई बथौली पंचायत ७ का ३५ वर्षीय चन्दनकुमार तातिलाई ईलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





