मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु


२३ आश्विन २०७८, शनिबार ११:२५ मा प्रकाशित

झापा, असोज २३ । मोटरसाइकल दुर्घटनामा परि झापामा एक जनाको मृत्यु भएको छ । झापास्थित अर्जुनधारा नगरपालिका २ भेलेनी चौकको भित्री सडक खण्डमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाइएको छ ।

शुक्रबार बेलुका ४ बजे खुदुनाबारीबाट शनिश्चरे जादै गरेको मे-४ प-२८१५ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई कल्भर्टमा ठोकीदा अर्जुनधारा नगरपालिका ६ का ३० वर्षीय निरज तामाङको घटनास्थलमानै मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय अनामनीबाट खटिएको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here