मोटरसाइकल दुर्घटनामा परी झापामा एकजनाको मृत्यु


१७ आश्विन २०७८, आईतवार ११:२४ मा प्रकाशित

झापा, असोज १७ । झापामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका -११ निवासी ३५ वर्षीय लक्ष्मी भण्डारी रहेको प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार शनिबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी-११ स्थित शिव चोकमा उत्तरबाट दक्षिणतर्फ बाटो काट्ने क्रममा साइकल यात्रीलाई सोही दिशातर्फ जाँदै गरेको प्र-१-०१-०१२प७८१९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा परी साइकल यात्री शिवसताक्षी११ निवासी ५५ वर्षीय रामचन्द्र कटेललाई सामान्य चोट लागेको थियो।

दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी-७ निवासी २५ वर्षीय सुवास भण्डारी सामान्य चोट लागेको र सोही मोटरसाइकल पछाडि सवार भण्डारी गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते भएका भण्डारीको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचारको क्रममा आइतबार बिहान साढे ६ बजे मृत्यु भएको डिएसपी थापाले बताउनु भयो।

यता, इलाका प्रहरी कार्यालय झिलझिलेले चालक भण्डारी र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here