इलाममा शून्य किलोमिटरदेखि धोबीधारासम्मको सडक खण्ड पहिरोका कारण बन्द


१६ आश्विन २०७८, शनिबार १२:४३ मा प्रकाशित

इलाम, असोज १६ । पहिरोका कारण इलामको शून्य किलोमिटरदेखि धोबीधारासम्मको सडक खण्ड बन्द भएको छ । मेची राजमार्ग अन्तर्गत उक्त सडक खण्डमा पर्ने एनसीडीसी खोल्सामा पहिरो खसेकाले बिहानदेखि गाडी चल्न नसकेको प्रहरीले जनाएको छ ।

सडक बन्द भएपछि ताप्लेजुङ र पाँचथरबाट छुटेका गाडी शून्य किलोमिटरसम्म पुगेर रोकिएका छन् भने झापाबाट आएका गाडी धोबीधारामै रोकिँदा यात्रुहरु समस्यामा परेका छन् ।

पहिरोले ५० मिटरजति सडक भासिएकाले तत्काल यसलाई मर्मत गर्न सक्ने अवस्था नभएको प्रहरीले जनाएको छ । साना गाडीलाई वैकल्पिक बाटोबाट पठाइएको भए पनि ठूला गाडी चल्न सक्ने बाटो नहुँदा समस्या भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here