टिपरले पछाडिबाट अर्को गाडीलाई ठक्कर दिँदा एक जनाको मृत्यु


११ आश्विन २०७८, सोमबार ११:५५ मा प्रकाशित

झापा, असोज ११ । झापास्थित माइधारमा टिपरले हाथी गाडीलाई ठक्कर दिँदा त्यसका चालकको मृत्यु भएको छ।

सोमबार बिहान को२च २६३२ नम्बरको सो गाडीलाई टिपरले ठक्कर दिएको हो। ठक्कर दिँदा उक्त गाडी उछिट्टिएर कनकाई नहरभित्र पसेको थियो। चालकको मृत्यु भए पनि उनको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रदेश-०३-००१-क ००९५ नम्बरको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पूर्वतर्फ जाँदै गरेको गाडीलाई टिपरले पछाडिबाट ठक्कर दिएको थियो। माइधारमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेका बेला गाडी स्लो गर्दा पछाडिबाट आएको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्थानीयले गलत ठाउँमा ट्राफिक प्रहरीले चेकजाँच गरेको भन्दै ट्राफिक प्रहरीमाथि कारबाही माग गर्दै पूर्व-पश्चिम राजमार्ग बन्द गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here