आइसल्यान्डको संसदमा पहिलो पटक महिला सांसदको बहुमत


११ आश्विन २०७८, सोमबार ११:४६ मा प्रकाशित

काठमाण्डौ, असोज ११ । युरोपको इतिहासमा पहिलो पटक आइसल्यान्डको संसदमा महिला सांसदको बहुमत हुने भएको छ ।

नयाँ संसदमा आधाभन्दा धेरै सिटमा महिला सदस्य विजयी भएका छन् । आइसल्यान्डको संसद्का ६३ सिटमध्ये ३३ सिटमा महिला विजयी भएका बीबीसीले जनाएको छ । आइसल्यान्डको संसदमा महिलाका लागि कुनै आरक्षण सिट छैन ।

विश्व बैंकका अनुसार अहिलेसम्म अन्य कुनै पनि युरोपेली देशमा ५० प्रतिशतभन्दा बढी महिला कानुन निर्माण गर्ने तह संसदमा पुगेका छैनन् । यस पहिले स्वीडेनमा ४७ प्रतिशतको नजिक महिला सांसदको प्रतिनिधित्व बनाउन सफल भए पनि यो रेकर्डलाई आइसल्यान्डले तोडिदिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here