ईलाम, असोज ८ । इलाममा रोकीएको पिकअप पछाडी सर्दा किचेर एक जनाको मृत्यु भएको छ । इलाम माइजोगमाइ गाउँपालिका ५ सोयाङस्थित गणेश गोलाइमा रोकी राखेको पिकअप गाडी सर्दा किचिरे सोही गाडीमा सवार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका ५७ वर्षीय खिरबहादुर तामाङ रहेका छन् । बिहिबार बेलुका पौने ७ बजे इलाम बजारबाट सोयाङतर्फ जाँदै गरेको मे १ च ६३४४ नम्बरको पिकअप रोकिएको बेला सोही गाडीमा सवार तामाङ पिसाब फेर्न गएको अवस्थामा अचानक गाडी पछाडी सर्न गई किचेर घटनास्थलमैै मृत्यु भएको थियो ।
पिकअप चालक इलाम सन्दकपुर गाउँपालिका २ माइपोखरी का ३० वर्षीय महेश राइलार्ई जिल्ला प्रहरी कार्यालय ईलामले नियन्त्रणमा लिएककककको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





