झापा, असोज ८ । झापाको छुट्टा छुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका का २७ वर्षीय रोशन सुबेदी, २८ वर्षीय सुमन कार्की र भारत दार्जिलिङका २४ वर्षीय रतन सिंह रहेका छन् ।
बिहिबार बेलुका साढे ८ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका ११ बसपार्कमा रहेको एक होटलबाट रोशन सुबेदी र सुमन कार्कीलाई ६ ग्राम ७०० मिलि ग्राम ब्राउन सुगसहित पक्राउ गरेको हो ।

त्यस्तै बिहिबार दिउँसो साढे २ बजे लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ स्थित तुर्केनी खेल मैदान छेउबाट रतन सिंहलाई ५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
पक्राउ पर्पे तिनै जना माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





