बसको ठक्करबाट साईकल चालकको मृत्यु


८ आश्विन २०७८, शुक्रबार ११:२३ मा प्रकाशित

मोरङ,असोज ८ । मोरङमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मोरङको बुढिगंगा गाउँपालिका १ शान्ती चौकस्थित कोशी लोकमार्गमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङ बेलबारी नगरपालिका ८ डागिहाट का ५१ वर्षीय देबेन्द्र पन्त रहेका छन् । बिहिबार बेलुका सँवा ६ बजे विराटनगर आउदै गरेको को १ ख ७५४८ नम्बरको बसले सोही दिशा जादै गरेको साईकललाई पछाडीबाट ठक्कर दिदाँ गम्भिर घाईते भएका साईकल चालक पन्तको कोशी अस्पताल विराटनगरमा बेलुका साढे ६ बजे मृत्यु भएको हो ।

बस र चालक सुनसरी रामधुनी नगरपालिका ५ का ५३ वर्षीय शिबबहादुर पौडेललाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here