प्रतिनिधिसभा बैठकको बस्दै, बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची


७ आश्विन २०७८, बिहीबार ११:५९ मा प्रकाशित

काठमाडौं, असोज ७ । आज बिहीबार प्रतिनिधिसभा बैठकको बस्दैछ । बिहीबार दिउँसो २ बजे बस्ने बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।

आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ ।यी दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुहुनेछ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोध गरे पनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहनु भएको छ । एमालेले आज पनि संसद अवरोध जारी राख्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here