मोरङ, असोज ७ । मोरङबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङस्थित बिराटनगर महानगरपालिका १६ दरैया बाट एक जनलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सुनसरी ईटहरी १३ का २३ वर्षीय सुशिल श्रेष्ठ रहेका छन् । बुधबार बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई लुपिजेसिक १० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल १० एम्पुल र फेनारगन १० एम्पुल लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भईरहेको प्रदेश १ का प्रहरी प्रवक्ता नविनराज राईले जानकारी दिनुभयो ।





