मोरङ, असोज ७ । मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोरङको बुढिगंगा गाउँपालिका ६ सैतानपुरका २६ वर्षीय कामलिस माझीको करेन्ट लागेर मृत्यु भएको हो ।
बुधबार बेलुका ४ बजे त्रिजुगा खोलामा आफ्नै घरको बिद्युतको लाइन लगेर करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाइते भएका माझीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बुधबार बेलुका ५ बजे मृत्यु भएको हो ।
घटना सम्बन्धी प्रहरी चौकी कोयलपुरबाट खटिएको प्रहरी टोलीबाट थप अनुसन्धान भइ रहेको जनाइएको छ ।





