सुनसरी, असोज ६ । सुनसरीमा ट्याक्टरको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ । सुनसरीस्थित ईटहरी २ बस्ने ४० वर्षीय निरा प्रधानका दुर्घटनाबाट मृत्यु भएको हो ।
बुधबार विहान सँवा १० बजे ईटहरी–बरगाछि राजमार्गमा को २ त ५३१७ नम्बरको ट्याक्टरले को ३० प ६२१७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक निरा गम्भीर घाईते भएकी थिइन् । उनको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर र चालक सुनसरी –७ का ३० वर्षीया कार्तिक रिसिदेबलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।





