संयुक्त राष्ट्रसंघको महासभामा बोल्न पाउनुपर्ने तालिबानको माग


६ आश्विन २०७८, बुधबार ११:४० मा प्रकाशित

एजेन्सी, ६ असोज। तालिबानले संयुक्त राष्ट्रसंघको महासभामा बोल्न पाउनुपर्ने माग राखेको छ । तालिबानका विदेशमन्त्री अमिर खान मुत्ताकीले सोमबार एक पत्र लेख्दै महासभामा बोल्न पाउनुपर्ने बताउनु भएको हो ।

तालिबानले दोहास्थित आफ्ना प्रवक्ता सुहेल साहीनलाई राष्ट्रसंघको स्थायी प्रतिनिधि तोकेकोले सोमबार एक पत्र लेख्दै महासभामा बोल्न पाउनुपर्ने बताउनु भयो ।

तालिबानले दोहास्थित आफ्ना प्रवक्ता सुहेल साहीनलाई राष्ट्रसंघको स्थायी प्रतिनिधि तोकेको छ। गत महिना अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको तालिबानले यसअघि अफगानिस्तानको प्रतिनिधित्व गर्ने अधिकारीले अब अफगानिस्तानको प्रतिनिधित्व नगर्ने बताएको छ ।

अहिले तालिबानले गरेको आग्रहको विषयमा विचार गर्ने जिम्मा क्रेडेन्सियल कमिटीको हुन्छ । यो कमिटिमा अमेरिका, चीन र रुससहित नौ सदस्य राष्ट्र छन् । यद्यपि यो कमिटिको बैठक राष्ट्रसंघको महासभाअघि बस्ने सम्भावना निकै कम छ । त्यतिबेलासम्मका लागि राष्ट्रसंघको नियमअनुसार घुलाख इसाक्जाई राष्ट्रसंघको लागि अफगानिस्तानका स्थायी प्रतिनिधि रहनेछन् । उहाँले सेप्टेम्बर २७ मा राष्ट्रसंघमा आफ्नो भनाइ राख्ने अपेक्षा छ ।

तालिबानले भने अहिले धेरै मुलुकले अफगानिस्तानको राष्ट्रपति पनि असर्फ घानीलाई नमान्ने भन्दै इसाक्जाईले पनि अब अफगानिस्तानको प्रतिनिधित्व नगर्ने बताएको छ। यसअघि तालिबानले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा कब्जा जमाउँदा पनि राष्ट्रसंघका स्थायी प्रतिनिधि भने पुरानै सरकारका प्रतिनिधि थिए ।

मंगलबार राष्ट्रसंघको बैठकमा कतारले विश्वका सबै नेतालाई तालिबानसँग सम्पर्कमा रहन आग्रह गरेको थियो। तालिबानलाई बेवास्ता गर्दा ध्रुवीकरण र त्यसको प्रत्युत्तरमा विभिन्‍न गतिविधि हुन सक्ने भन्दै कतारले तालिबानसँग जोडिनुपर्ने बताएको हो।

अमेरिकाको न्युयोर्कमा यसैसाता राष्ट्रसंघको महासभा हुन गइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here